सिगास गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन
2022/03/12, 7:58
 
dd

बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जेमा निर्माण भएको गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाको प्रशासकीय भवनका साथै कर्मचारी आवास गृह, जनप्रतिनिधि आवासगृह, प्रहरीचौकी भवन पनि उद्घाटन गरिएको हो । यस्तै, ढुंगाड–गर्जे सडकको समेत आजै उद्घाटन गरिएको हो । 

भवन निर्माण, सडक निर्माणलगायत कामलाई गाउँपालिकाले मुख्य उपलब्धिको रुपमा लिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । सिगास गाउँपालिकाको केन्द्रमा कुनै भवन नहुँदा आफूहरुले भवनलाई प्राथमिकतामा राखेर भवन निर्माण गरेको उनले बताए । 

बैतडीको सिगास गाउँपालिकामा नविनिर्मित प्रशासनिक भवन, कर्मचारी आवासगृह, जनप्रतिनिधि आवासगृह, प्रहरी चौकीको भवन र ढुंगाड–गर्जे सडकखण्डको एकैसाथ उद्घाटन गरिएको छ । शनिबार सिगास गाउँपालिकाको केन्द्र गर्जेमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच भवनको उद्घाटन गरिएको हो ।