नवजीवन सहकारी चुनाव: मतदान सकियो, झण्डै आधा शेयर सदस्य अनुपस्थित
2022/03/12, 8:02
 
ss

कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाको २८औं साधारण सभाअन्तर्गत मतदान सकिएको छ। सहकारीको नयाँ नेतृत्व चयनका लागि दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएपछि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ सकिएको हो।

निर्वाचन समितिका अनुसार नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको छ। आजै रातदेखि गणना पनि सुरु गर्ने तयारी रहेको प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टले दिनेशखबरलाई जानकारी दिए। सहकारीको नेतृत्वको लागि रतनबहादुर कठायत र देवबहादुर बमको नेतृत्वमा दुई प्यान चुनावी मैदानमा उत्रिएका थिए।

कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, गणेश बम, गोपाल चौधरी, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र बिष्ट, भीमबहादुर बलायर र राधिकाकुमारी चौधरी सदस्य पदमा उम्मेदवार छन्। 

उनको प्यानलबाट लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज पन्त र सीता विक उम्मेदवार छन्। बमका प्यानलबाट भरतराज जोशी उपाध्यक्ष पदमा र सदस्य पदमा इन्दिरा जैशी, गोपालराज पाठक, गोमाकुमारी अधिकारी, घनबहादुर शाह, पदमराज सापकोटा, प्रकाश जोशी, महेशराज बिष्ट, माधव चौधरी, रवि कुँवर, विश्वनाथ ओझा, र शिवकुमार जोशी फुलारा उम्मेदवार छन्।

उनको प्यानलबाट लेखा समिति संयोजक पदमा मदराज ओझा तथा सदस्य पदमा गणेशप्रसाद उपाध्याय र सरस्वती वली उम्मेदवार छन्। नवजीवन सहकारी २०५० सालमा स्थापना भएको थियो।