सेन्चुरी बैंक धनगढी शाखाद्धारा पञ्चोदयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
2022/03/13, 11:23
 
aa

सेन्चुरी कमर्सियल बैंक धनगढी शाखाले पञ्चोदय माविमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ११ औँ वार्षिकोत्सवको अवसरमा  बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

यस्तै सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैङ्कका सुदूरपश्चिम प्रमुख कार्यकारी अधिकृत विशाल गुप्ता मार्फत विद्यालयलाई  एक हजार हजार लिटर खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ ।

हाल देशभर बैंकको १२६ शाखा रहेका छन् भने , १० एक्सटेन्सन काउन्टर, २५ शाखारहित बैंङ्किङ र १०८ एटिएमको सञ्जाल रहेको छ ।