
बैतडीमा जीप दुर्घटना भएको छ। जिल्लाको सुर्नया गाउँपालिका-८ आलुगौरा भन्ने स्थानमा बा १२ च ९८७८ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ।

धनगढीबाट बझाङतर्फ जाँदै गरेको उक्त जीप अनियन्त्रित भई दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा खप्तडछान्ना गाउँपालिका-४ की २१ वर्षीया दुर्गा कठायत रोकाया घाइते भएकी छिन्। चालक शैलेन्द्र श्रेष्ठ सम्पर्कविहीन रहेको प्रहरीले बताएको छ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/28, 5:25
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/02/05, 12:33