
कैलाली जिल्लामा ६६ हजार बढी मतदाता थपिएका छन् । अघिल्लो २०७४ सालको निर्वाचनपछि अहिले ६६ हजार ९ सय ७० जना मतदाता थपिएका प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

२०७४ सालको निर्वाचनमा कैलाली जिल्लामा ४ लाख ६० हजार ५ सय ७८ जना मतदाता रहेकोमा अहिले त्यो सङ्ख्या बढेर ५ लाख २७ हजार ५ सय ४८ पुगेको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
भट्टका अनुसार अहिले मतदाता नामावलीमा नाम भएका तर जीवित नभएका व्यक्तिहरूको नाम हटाउने कार्य जारी रहेकाले अहिलेको सङ्ख्यामा १र२ हजार मतदाता घट्न सक्ने सम्भावना रहेको छ ।

प्रदेश निर्वाचन कार्यालय धनगढीले मतदाताको अन्तिम नामावली आउँदो चैत्र १३ गते प्रकाशन गर्ने तयारी गरेको समेत प्रमुख भट्टले बताए ।
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/01, 5:58
2021/04/21, 3:40
2021/11/07, 4:11
2023/07/01, 2:59