
बैतडीको पाटन नगरपालिकाले सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रम सम्बन्धी कार्यविधि पारित गरेको छ। नगरपालिकाका अनुसार १२औं नगरसभाबाट सो कार्यविधि पारित गरिएको हो।

नगरपालिकाले कार्यविधिमा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणका लागि आवश्यक सूचकहरु समेत उल्लेख गरेको बताइएको छ। कार्यविधिले सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए।
पाटनमा युनिसेफ नेपाल र रुडेस बैतडीले सुरक्षित खानेपानीयुक्त समुदाय घोषणाका लागि नगरपालिकालाई सहयोग गर्दै आईरहेको छ भने नगरपालिकाका केही बस्तीलाई घोषणा गरिसकेको पनि रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/05, 9:43
2021/11/11, 1:17
2022/10/24, 6:36