
डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ।

मंगलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको हो। उनको शव अस्पतालमा राखिएको बताइएको छ।

त्यस्तै, घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य ४ जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ। नियन्त्रणमा लिइएकाहरुको परिचय भने प्रहरीले खुलाएको छैन।
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/18, 5:04
2020/09/16, 5:55
2021/07/10, 1:37
2022/03/17, 12:12
2023/04/15, 5:18