
धनगढीमा मोबाइल चोरी गरेको आरोपमा २ युवक पक्राउ परेका छन्। गत महिना धनगढी उपमहानगरपालिका-८ मा चोरी कार्यमा संलग्न भएको आरोपमा २ युवकलाई पहरीले पक्राउ गरेको हो।

चोरीएका मोबाइल तथा ल्यापटप पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चोरीको आरोपमा १९ वर्षीय रमेश पुरी र ज्ञानु चौधरीलाइ पक्राउ गरिएको हो।
पुरीले चोरीपछि धनगढीकै भानुचोकमा रहेको जिके मोबाइल ग्यालरीका सञ्चालक ज्ञानुलाई उक्त मोबाइल बिक्री गरेको खुलेको छ। उनीहरुमाथि चोरी शिर्षकमा मुद्दा दर्ता भइ थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

पुरीले फोन गर्छु भन्दै धनगढीकै सन्देश धामीको हातबाट मोबाइल लिएर फरार भएका थिए। यस्तै बुद्दचोकस्थित साइकलमा घर गइरहेका राहुल चौधरीलाई पनि डराई धम्काई पुरीले नै मोबाइल लुटेर फरार भएका थिए।
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/27, 6:54
2023/03/31, 1:58
2020/06/08, 5:45
2020/10/11, 11:16