
चैत्र ३ र ४ गते कैलालीको धनगढीमा ‘होली हङ्गामा’ कार्यक्रम हुने भएको छ । धनगढी उप–महानगरपालिकाको कार्यालय सँगै रहेको पार्कमा होली पर्वको अवसरमा ‘होली हङ्गामा’ कार्यक्रम आयोजना हुने भएको हो ।

धनगढीको रक स्टार मिडियाले आयोजना गर्न लागेको ‘होली हङ्गामा’ कार्यक्रममा धनगढीका स्थानीय कलाकारहरू धीर विक्रम सिंह र डिजे कल्पित हमालको प्रस्तुति रहने आयोजक जितेन्द्र रावलले जानकारी दिए । त्यस्तै, कार्यक्रममा सहभागी हुन अथवा अवलोकन गर्न १०० र १५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ।
१५० रुपैयाँको टिकटको खरिदमा लक्की ड्र मार्फत एक जना विजेतालाई ३५ हजार मूल्य बराबरको मोबाइल सेट प्रदान गरिने आयोजक मनोज जेठाराले जानकारी दिए । ‘होली हङ्गामा’ कार्यक्रम ब्यारोनको मुख्य प्रायोजन रहेको छ भने सह प्रायोजकमा हिमालयन बोररी रहने छ ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/27, 6:54
2023/03/31, 1:58
2020/06/08, 5:45
2020/10/11, 11:16