त्रिनगर भन्सार नाकामा स्थानीय प्रशासनको अनुगमन
2020/06/20, 7:01
 
korona

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड सहित कैलालीको स्थानीय प्रशासनले धनगढीको त्रिनगरभन्सार नाकाको अनुगमन गरेको छ । त्रिनगर भन्सार नाकाबाट भित्रिरहेका नेपालीहरुको उद्धार र उनीहरुका समस्या बुझ्नका लागि टोली सिमामा पुगेको हो ।

यसै क्रममा टोलीले भारतको लखिमपुर खिरी जिल्लाका डिएम, जिल्लाका डि.एम. शैलेन्द्र कुमार सिंह, भारतीय प्रहरी, सिमा सुरक्षाबल र दुधवा नेशनल पार्कका प्रमुख संग सिमामा भेटेर दुई देशका नागरिकहरु ओहोर दोहोरमा दुबै देशका अधिकारी बिच भैरहेको समन्वयका बारेमा छलफल समेत गरे ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपालीहरु भित्रिने क्रम नरोकिएकाले भारतीय अधिकारीसंग सिमामै अनौपचारिक भेटघाट गरिएको बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भारतीय अधिकारीहरुसंग अनौपचारीक भेटभाट गरेको बताए ।

उनले भने, अहिले भारतबाट नेपाल भित्रिनेहरुको सिमाका भिडभाड भएकाले यसलाई दुई देशले समन्वय गरेर कसरी सजिलो पार्न सकिन्छ भन्नेमा छलफल भयो ।