अछाममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
2022/03/18, 6:28
 
dd

अछाममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मंगलसेनबाट साफेबगर जाने क्रममा मंगलसेन साँफेबगर सडक खण्ड अन्तरगत कैलाशखोला नजिक ओलिगाउ जाने सडकमा मोटरसाइकल दुर्घटनामा परेको हो। 

बिहीबार से६प१८९९ नम्बरको दुर्घटनामा परि मंगला नेरा मावि ओलिगाउका लेखापाल माधव शर्माको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ४० वर्षीय शर्माले चलाएको मोटरसाइकल सडकबाट करिब ६८ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।