
धनगढीमा होलीको दिन उच्छृङ्खल तथा अप्रिय गतिविधि गर्ने चार जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढीको पार्कमोडस्थित दशरथ-भीम उद्यानबाट उनीहरुलाइ नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार पार्कमोडमा आयोजित होली धमाका कार्यक्रममा उनीहरुले उच्छृङ्खल तथा अप्रिय गतिविधि गरिरहेका थिए।
यस्ता गतिविधिपछि जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले उनीलाइ नियन्त्रणमा लिएको थियो। अहिले उनीहरुलाइ सम्झाइ बुझाइ गरेर छोडिएको प्रहरीले जनाएको छ। उनीहरुको पहिचान भने खुलाइएको छैन।

होली सुरु हुनुअघि नै प्रहरीले कैलालीमा उच्छृङ्खल तथा अप्रिय गतिविधि नगर्न सबैमा आग्रह गरेको थियो।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/22, 9:50
2021/06/12, 10:35
2022/02/04, 2:55
2023/02/17, 5:45