
कैलाली अत्तरिया बजारमा रहेको सिद्धार्थ बैंकको एटीएममा लात हान्ने विद्युतका २ कर्मचारी पक्राउ परेका छन ।

नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा कार्यरत सिविल इन्जिनियर सिद्धसिंह साउद र प्राधिकरणमा कार्यरत सवारी चालक भानसिंह कठायत पक्राउ परेका हुन ।
उनीहरुले शुक्रबार पैसा निकाल्न खोज्दा पैसा ननिस्केपछि लात हानेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । मदिरा सेवन गरेका दुवैजनाले पैसा ननिस्किएपछि एटीएममा लात हानेको स्वीकारेको प्रहरीले जनाएको छ । दुवै जना अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा रहेका छन ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक डिएसपि नवराज पोखरेलले इन्जिनियर साउदले एटिएममा लात हानेपछि बैंकले प्रहरीलाई खबर गरेको बताए ।
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/27, 6:54
2023/03/31, 1:58
2020/06/08, 5:45
2020/10/11, 11:16