सुदूरपश्चिम प्रदेश युवा परिषद्ले पूर्णता पायो, कुन जिल्लामा को ?
2022/03/23, 7:21
 
ss

प्रदेश युवा परिषद् सुदूरपश्चिमले पूर्णता पाएको छ। यसअघि प्रदेशमा कार्यकारी उपाध्यक्षसहित सदस्यहरु सहितको प्रदेशस्तरीय समिति मात्रै गठन भएकोमा आज (बुधबार) परिषद्ले पूर्णता पाएको हो। 

प्रदेशमा प्रदेश युवा परिषद् र जिल्लास्तरका समितिलाई जिल्ला युवा सशक्तिकरण समिति भनिने बताइएको छ। उक्त समितिले प्रदेश युवा परिषद् मातहतमा रहने गरि कार्य गर्नेछ। गठित जिल्ला युवा सशक्तिकरण समितिका ९ वटै जिल्लाका अध्यक्षहरुलाई आजै सामाजिक विकास मन्त्रालयले एक कार्यक्रमका साथ सपथ समेत खुवाएको छ।

सपथ ग्रहरणको कार्यक्रममा मन्त्रालयका मन्त्री लालबहादुर खड्का, राज्यमन्त्री मन्त्रालयका सचिव, महाशाखा प्रमुखहरु, प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष, परिषदका कार्यालय प्रमुख लगायत अन्य सदस्यहरुको समेत उपस्थिति थियो।

जिल्ला युवा सशक्तिकरण समितिको कुन जिल्लामा को अध्यक्ष ?
बाबुराजा श्रेष्ठः कैलाली
दिपक विसिः कञ्चनपुर
करन साँउदः डडेल्धुरा
देविजङ्गबहादुर सिहः बझाङ्ग
बिरेन्द्रबहादुर धामीः बैतडी
प्रकास जैसीः डोटी
दिनेस अवस्थीः दार्चुला
दिपकबहादुर खत्री डडालः बाजुरा
नयनबहादुर सोडारीः अछाम