डोटीमा क्यामेरा ट्रयापिङ्गबाट बन्यजन्तुको अनुगमन
2022/03/23, 7:26
 
dd

डोटी जिल्लाको जोरायल – २ बुडरमा महाभारत प्रर्वत श्रृङखलामा क्यामेरा ट्रयापिङ्गबाट बन्यजन्तु अनुगमन तथा अनुसन्धान अभिमुखिकरण कार्यक्रम मंगलबारबाट सुरु भएको छ ।

कार्यकम माथी प्रकाश पार्दै डिभिजन बन कार्यलय डोटीका प्रमुख कडेलले क्यामेरा ट्रयापिङ्गबाट बन्यजन्तु को अध्ययन र अनुसन्धान डोटीमा पहिलो पटक गरिदै छ । ‘पछिल्लो समयमा जलबायु परिवर्तनले गर्दा बन्यजन्तुको बासस्थानमा पनि असर पारेको छ’ डभिजन बन कार्यलय डोटीका प्रमुख रामचन्द्र कडेलले भने–‘बन्यजन्तुको अबस्था बारेमा जानकारी लिनका लागि पनि यो क्यामेरा ट्रयापिङ्गबाट अनुगमन र अनुसन्धान एकदम महत्वपूर्ण विधि हो ।’

स्थानीयहरु सहभागिता बिना सरक्षण गर्न सकिँदैन उनिहरुलाइ सरक्षणमा ल्याउन का लागि यस्ता खालका कार्यक्रम उपयुक्त हुने र स्थानीय हरु को जिबिको पार्जनमा सहयोग हुने प्रमुख कडेलले बताए ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष मल्लले भने यो डोटी जिल्लामा पर्ने महाभारत प्रवर्त क्षृङखलामा यो कार्यक्रम निकै उपलब्धि मुलक रहने बताए । ‘यो क्षेत्रमा कुन कुन बन्यजन्तु आउने रहेछन तीनिहरुको बासस्थान अबस्थाका बारेमा बुझी सरक्षण गर्न सहज हुने मल्ले बताए ।

कार्यक्रममा बोल्दै तराई भु परिधी कार्यक्रमका सह प्रबन्धक कमलराज राईले यो महाभारत प्रर्वतले डोटी जिल्लाका पाँच स्थानीय तह, जोरायल, बडिकेदार, केआइसिह, बोक्टान फुड्सल, र शिखर नगरपालिका लागु हुनेछ । क्यामेरा ट्रयापिङ्गबाट पाँच स्थानीय तहमा गरिने छ ।

‘जलवायु परिवर्तन र तराइमा बन अतिक्रमणले गर्दा बन्यजन्तुहरुको बासस्थान दिन प्रतिदिन मासिदै गएको छ’ तराई भु परिधी कार्यक्रमका सहप्रबन्धक राईले भने–‘अघिल्लो पटक क्यामेरा ट्रयापिङ्गबाट डडेल्धुराको जोगबुढामा गरिएकोमा पाटे बाघ देखियको थियो ।’

कार्यक्रममा बोल्दै डब्लुडब्लुएफ अनुसन्धान अधिकृत समुन्द्र सुब्बाले हामीले क्यामेरा ट्रयापिङ्गमा एक सय ग्रीड, २ वटा क्यामेरा प्रयोग गरिने बताए । राष्ट्रिय निकुञ्ज भन्दा बाहिर बाघ तथा बन्यजन्तु को अबस्थामा कस्तो रहेको बारेमा जानकारी हुने बताए ।

क्यामेरा ट्रयापिङ्ग ४० दिन सम्म गरिने कार्यकममा नागरिक बैज्ञानिक १४ जना, सामुदायिक बनका पदाधिकारी ७ जना, बन कर्मचारी प्राबिधिक टोलि ७ जना सहित २८ जनाको टोलिले ७ टिम बनायर डोटीको महाभारत प्रर्वत श्रीङखलामा क्यमेरा ट्रयापिङ्ग बताईएको छ ।

डिभिजन बन कार्यलय डोटी र तराइ भु परिधी कार्यक्रम तालकोहलपुर बाकेको सहयोगमा गरिएको हो । जोरायलय गाउँ पालिका का वडा २ वडा अध्यक्ष मानबहादुर मल्ल प्रमुख अथित्यमा भएको कार्यक्रमको सभापति डभिजन बन कार्यलय डोटीका प्रमुख रामचन्द्र कडेल रहेका थिए ।