सेती प्रयोशालामा २९ नमूनाको कोरोना परिक्षण गर्दा छ जनामा संक्रमण पुष्टि
2022/03/25, 1:21
 
aa

 पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२९नमूनाको कोरोना परिक्षण गरिएकोमा छ जनामा संक्रमण पुष्टि भएको हो । हाल सेतीमा चार कोरोना संक्रमित उपचाररत रहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन ।