
बैतडीमा ८१५ जना म्यादी प्रहरीका लागि २ हजार २४ जनाको आवेदन परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार १२७ जना महिला र १ हजार ८९७ जना पुरुषले म्यादी प्रहरीमा भर्ना हुनका लागि आवेदन दिएका हुन्।

आवेदन दिएकामध्ये ८१५ जना छनौट गरिने बताइएको छ। छनौट भएकाहरुलाई एक हप्ताको तालिम दिएर चुनावी सुरक्षाका लागि खटाइने प्रहरी प्रवक्ता खड्काले बताए। स्थानीय तहको निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/08, 8:11
2021/07/12, 5:44
2023/04/20, 12:06