कोभिड महामारीलाई शान्ति गर्न धनगढी ५ जाईमा संगितमय श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञ तथा श्रृारिक महाआरती हुने भएको छ ।धनगढी ५ जाईमा भैरवबाबा महाकाली मन्दिर समितिको आयोजनामा संगितमय श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञ तथा श्रृारिक महाआरती हुने भएको हो ।
चैत १९ गते देखी २७ गते सम्म मन्दिरमै हुने महायज्ञ प्रमुख कथा बाचक श्री सत्यराज अवस्थिले रहने मन्दिर सेवा समितिका अध्यक्ष मोहनबहादुर शाहीले जानकारी दिए ।महायज्ञमा गोदाबरीबाट जल ल्याएर कलश यात्रा, दैनिक विद्वान ब्राहमणबा वैदिक पूजन, दैनिक विप्रमण्डलीद्वारा विशेष हवन अनुष्ठान र वाराणसिको गंगाा घाटमा तथा राष्ट्रदेव पशुपतिनाथको गंगा घाटमा हुने संगितमय श्रृंगारिक महाआरति सहित सिद्धपाठ गरिने अध्यक्ष शाहीले जानकारी दिए ।
‘नागरिक कोभडिको त्रासले मानसिक रुपले पनि बिछिप्त भएका छन्’ अध्यक्ष मोहनबहादुर शाहीले भने–‘धार्मीक र मन शान्ति गर्ने महायज्ञको प्रमुख उदेश्य हो ।’ महायज्ञ दैनिक बिहान ५ बजेदेखी ६ बजे सम्म सन्धयोपासना, ६ बजेदेखी ८ बजे सम्म वैदिक पूजन तथा दुर्गा सप्तसती पाठ पारायण, बिहान ९ बजेदेखी १२ बजे सम्म श्रीमद्देवी भागवत मूलपाठ पाराायण एवं नवार्ण मन्त्र जप, दिउसो १ बजेदेखी ५ जबे सम्म दैनिक संङ्गितमय प्रवचन, वेलुका ६ बजेदेखी ७ बजे सम्म दैनिक विशेष विश्वकल्याणकारी श्रृङ्गारिक एवं संङ्गितमय महा–आरती र रात्री सन्ध्यामा महात्म्य पारायण, नाम संकृतन तथा भजन कृतन गरिने आयोजकले जनाएको छ ।