निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरू ६ सय ७६ जना निर्वाचन अधिकृत तोकेको हो । यसैबिच आयोगले कैलालीका स्थानीय तहमा पनि निर्वाचन अधिकृत तोकेको छ । जसमा धनगढी उपमहानगरपालिकामा जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुलाई निर्वाचन अधिकृत तोकिएको छ ।
यस्तै गोदावरी नगरपालिकाको निर्वाचन अधिकृतमा राजेन्द्र सिंह भण्डारी तोकिएका छन् भने गौरीगङ्गा नगरपालिकामा नीराजन पाण्डे, घोडाघोडी नगरपालिकामा भानदेव जोशी, टीकापुर नगरपालिकामा टीकाराम वाग्ले, भजनी नगरपालिकामा लक्ष्मीनारायण दाहाल, लम्की चुहा नगरपालिकामा हिरा लाल चौधरीलाई तोकेको छ ।
त्यस्तै कैलारी गाउँपालिकामा कृष्णप्रसाद नेपाल, चुरे गाउँपालिकामा राइभान कुन्जेडा, जानकी गाउँपालिकामा विश्वदीप बेस्रा, जोशीपुर गाउँपालिकामा शिव राज भट्ट, बर्दगोरीया गाउँपालिकामा बद्री बहादुर पाठक र मोहन्याल गाउँपालिकामा कृष्ण दत्त भट्टको नाम तोकिएको छ ।