कैलालीको गोदावरी नगरपालिकाको निर्माणाधीन प्रशासकीय भवनको उद्घाटन गरिएको छ। गोदावरी नगरपालिका २ मा निर्माणाधीन अवस्थामा रहेको भवनको नगरप्रमुख हरी सिह साउदले उद्घाटन गरेका हुन ।
निर्माणाधीन भवनको निर्माण कार्य सम्पन्न नगरी उद्घाटन गरिन लागिएको भन्दै बिरोध गरिएको भएपनी कडा सुरक्षाका बिच भवनको उद्घाटन गरिएको छ । उद्घाटनका बिच बिरोध भएपछि एक जना पक्राउ समेत परेका छ । निर्माणाधीन भवनको उद्घाटन गरिन लगिएको भन्दै आईतवार नेपाली काङ्ग्रेस नगरपालिकालाई ध्यानाकर्षण पत्र बुभाएको थियो ।
एशियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई मार्फत निर्माण भइरहेको नगरपालिकाको भवन निर्माणका लागि एम/एस शर्मा एण्ड कम्पनी संग ठेक्का सम्झौता भएको थियो ।
उक्त कम्पनी संग २०७६ साल मंसिर २० गते १० करोड ३८ लाख ६ हजार ८ सय १५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सुरुमा गरिएको सम्झौता अनुसार भवन निर्माणको काम २०७८ साउन २० गते सम्पन्न गरिसक्नु पर्ने भएपनि पछि कोरोना महामारीको कारण देखाउँदै ६/६ महिना गरी २ पटक म्याद थप गरिएको छ ।