कैलालीमा ‘लिडार स्पिड गन’ प्रयोग हुँदै, तीव्र गतिमा हुइकिने सवारीलाई कारबाही
2022/03/28, 11:43

बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले कैलालीमा सवारीसाधनको गति नियन्त्रण प्रयास गरेको छ। ट्राफिक प्रहरीले अत्तरिया चोकमा सवारीसाधनको गति मापन गर्न अत्याधुनिक ‘लिडार स्पिड गन’ प्रयोग गरेको हो।

जसअनुसार सोमबार बिहान तीव्र गतिका सवारीसाधनविरुद्ध कारबाही गरिएको छ। तीव्र गतिमा सवारी हाक्नाले दुर्घटना बढेको भन्दै स्पिड गनको प्रयोग गरी कारबाही थालेको ट्राफिक प्रहरी निरीक्षक गणेश प्रसाद उप्रेतीले बताए।
उनले आज९सोमबार० विहान मात्रै ३७ सवारी साधनलाई कारबाही गरेको जानकारी दिए। ती मध्ये २४ सवारीबाट ५ सयका दरले जरिमाना लिइएको छ भने, १३ सवारी साधनको कागजात नियन्त्रणमा लिएको ट्राफिक प्रहरी निरीक्षक गणेश प्रसाद उप्रेतीले बताए।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/08, 8:11
2021/07/12, 5:44
2023/04/20, 12:06