
बैतडीमा आगामी स्थानीय तहको निर्वाचनका लागि १२९ मतदानस्थल र २०५ मतदान केन्द्र तोकिएका छन्।

जिल्लाको दशरथचन्द नगरपालिकामा २२ वटा मतदानस्थल र २९ मतदान केन्द्र, पाटन नगरपालिकामा १९ मतदानस्थल र २८ मतदान केन्द्र, पुर्चौंडी नगरपालिकामा १७ मतदानस्थल र २९ मतदान केन्द्र र मेलौली नगरपालिकामा १२ मतदानस्थल र २० मतदान केन्द्र तोकिएका जिल्ला निर्वाचन अधिकारी माधव फुँयालले बताए।
यस्तै, डिलाशैनी गाउँपालिकामा ९ मतदानस्थल र १७ मतदान केन्द्र, दोगडाकेदार गाउँपालिकामा १२ मतदानस्थल र २० मतदान केन्द्र, पञ्चेश्वर गाउँपालिकामा ९ मतदानस्थल र १५ मतदान केन्द्र, शिवनाथ गाउँपालिकामा ७ मतदानस्थल र १३ मतदान केन्द्र, सिगास गाउँपालिकामा १४ मतदानस्थल र १९ मतदान केन्द्र र सुर्नया गाउँपालिकामा ८ मतदानस्थल र १५ मतदान केन्द्र तोकिएका छन्।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/08, 8:11
2021/07/12, 5:44
2023/04/20, 12:06