कैलालीमा २३ दलले निर्वाचनमा भाग लिने
2022/03/29, 2:44
 
dd

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कैलालीमा २३ दलले निर्वाचनमा भाग लिने भएका हुन् ।  निर्वाचन आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलन प्रवक्ता शालिग्राम शर्मा पौडेलले जिल्लामा २३ दलले निर्वाचनमा भाग लिने बताएका हुन् । 

यस्तै कञ्चनपुरमा १९,बाजुरामा नौ, बझाङमा सात, डोटीमा नौ, अछाममा १०, दार्चुलामा १०, बैतडीमा १०, डडेल्धुरामा १० दलले निर्वाचनमा भाग लिने भएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७६५ मतदान केन्द्र र ११ हजार ९६६ मतदानस्थल कायम गरेको जनाएको छ ।

आयोगले राष्ट्रिय मान्यता प्राप्त छ वटा दलबाहेक निर्वाचन प्रयोजनका लागि विभिन्न जिल्लामा दर्ता भएका साना दलहरुले पनि आफ्नै निर्वाचन चिन्हमा चुनाव लड्न पाउने निर्णय गरेको हो । देशभर ७९ वटा राजनीतिक दलहरुले आफ्नै चुनाव चिन्हमा उम्मेदवारलाई उठान पाउने भएका छन् ।