
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा दिपेन्द्र पाण्डेलाई पठाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै डा. पाण्डेलाई निमित्त मेसुको जिम्मा दिने निर्णय गरेका हुन्।

११औं तहको मेसुको दरबन्दी रहेको उक्त अस्पतालमा हाललाई १०औं तहका पाण्डेलाई निमित्तको जिम्मेवारी दिएर पठाउन लागिएको मन्त्री खतिवडाका विज्ञ सल्लाहकार डा. रमेश ढकालले बताए।
तर डा. पाण्डेले भने हालसम्म पत्र नबुझेको र सरुवाको हल्ला सुनेको बताएका छन्। डा. पाण्डे यसअघि त्रिशुली अस्पतालमा कार्यरत थिए।

डडेल्धुरा अस्पतालमा हाल ८औं तहका डा चेतराज भट्ट निमित्त मेसुमा कार्यरत छन्। डा भट्टलाई गत कात्तिकमा निमित्त मेसुको जिम्मा दिइएको थियो।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/23, 5:05
2021/10/15, 9:42
2020/07/30, 11:31
2023/10/11, 12:40