
जिल्ला प्रशासन कार्यालय कैलालीले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रशासनले सो आग्रह गरेको छ ।

स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहित बनाउनका लागि प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले बुधवार जारी गरेको सूचनामा इजाजत लिएर घरमा राखिएका बन्दुक जस्ता हातहतियार निर्वाचन सकिएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिने गरी बुझाउन भनिएको हो ।

निर्वाचनमा शान्तिपूर्ण वातावरण तयार गरी भरपर्दो र विश्वसनीय बनाउन भन्दै प्रशासनले चैत मसान्तभित्र पायक पर्ने नजिकको प्रहरी इकाईमा लगेर हातहतियार बुझाउन अनुरोध गरेको हो।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/08, 8:11
2021/07/12, 5:44
2023/04/20, 12:06