पार्टी हाईकमाण्डको सहमतिपछि धनगढी उपमहानगरको पालिकाको मेयरमा नृप बहादुर वडले उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट यसअघि धनगढी उपमहानगरपालिकाको मेयरमा निर्बाचित वडले पार्टी हाईकमाण्डको सहमतिपछि उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।
उनले सम्भव भए चैत २१ गते उम्मेदवारी घोषणा गर्ने छन् । वडको टीम घोषणा सभाका लागि पाँच वर्षे कार्यकालको उपलब्धी र भावी कार्ययोजना प्रस्तुतीका लागि तयारीमा जुटेको छ । पाँच वर्षको अवधिमा धनगढी उपमहानगरपालिकाको विकास र सुधारका क्षेत्रमा गरेका कामका साथै कार्यकर्ता र जनतामाझ उनले बनाएको सकारात्मक छापका कारण नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिकाको मेयरमा वडलाई पुनः दोह¥याउन लागेको हो ।
उनी दलित तथा पछाडि परेको/पारिएको समुदायबाट देशभरिका उपमहानगरपालिकामा निर्बाचित पहिलो मेयर हुन् ।