बैतडीमा डेढ लाख बढीले लगाए कोरोनाको पूर्ण खोप
2022/04/02, 11:09
 
dd

बैतडीमा डेढ लाख बढी नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन्। स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा १२ वर्ष माथिका १ लाख ५६ हजार ४८८ जनाले पूर्ण खोप लगाएका हुन्। जिल्लाका १ लाख ६८ हजार ७०५ जनाले खोपको पहिलो मात्रा लगाएका र १२ हजार ९३८ जनाले खोपको अतिरिक्त मात्रा लगाएका स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए। 

दशरथचन्द नगरपालिकामा खोपको पहिलो मात्रा लगाउनेको संख्या २४ हजार ३९९, पूर्ण मात्रा लगाउनेको संख्या २६ हजार ७५६ र बुस्टर डोज लगाउनेको संख्या १५३ जना र दशरथचन्द नगरपालिकामा खोपको पहिलो मात्रा लगाउनेको संख्या २४ हजार ३९९ जना, पूर्ण मात्रा २६ हजार ७५६ र बुस्टर डोज लगाउनेको संख्या १५३ जना रहेको छ।

पाटन नगरपालिकामा २० हजार १४८ जनाले खोपको पहिलो मात्रा, २७ हजार २०३ जनाले पूर्ण मात्रा र ५ हजार ३५८ जनाले बुस्टर डोज, पुर्चौंडी नगरपालिकामा २१ हजार ३४० जनाले पहिलो मात्रा, १८ हजार ४६९ जनाले पूर्ण मात्रा र ५९६ जनाले बुस्टर डोज लगाएका छन्। 

मेलौली नगरपालिकामा १३ हजार ९०९ जनाले पहिलो मात्रा, ११ हजार ७५६ जनाले पूर्ण मात्रा र ९६२ जनाले खोपको बुस्टर डोज, डिलाशैनी गाउँपालिकामा १९ हजार ६८५ जनाले पहिलो मात्रा, ११ हजार ८०४ जनाले पूर्ण मात्रा र २ हजार ७२३ जनाले खोपको बुस्टर डोज लगाएका छन्। 

दोगडाकेदार गाउँपालिकामा २३ हजार १९५ जनाले पहिलो मात्रा, १५ हजार ९४२ जनाले खोपको दोश्रो मात्रा र ५४० जनाले खोपको बुस्टर डोज, सुर्नया गाउँपालिकामा १० हजार १६४ जनाले पहिलो मात्रा, १० हजार ४९९ जनाले पूर्ण मात्रा र २ हजार १३३ जनाले खोपको बुस्टर डोज लगाएका छन्। 

पञ्चेश्वर गाउँपालिकामा १८ हजार ८२३ जनाले खोपको पहिलो मात्रा, १३ हजार १७६ जनाले पूर्ण मात्रा र २१९ जनाले खोपको बुस्टर डोज, शिवनाथ गाउँपालिकामा ७ हजार ७१० जनाले पहिले मात्रा, ९ हजार ६१४ जनाले खोपको पूर्ण मात्रा र २५४ जनाले खोपको बुस्टर डोज र सिगास गाउँपालिकामा ९ हजार ३३२ पहिलो मात्रा र ११ हजार ७१९ जनाले खोपको पूर्ण मात्रा लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ। 

जिल्लामा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य रहेको छ भने झुलाघाट नाकामा कोरोना परीक्षण कार्य जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।