९६ लाखमा किनिएको पिसिआर मेसिन अत्तरिया आई पुगेको छ । डडेल्धुराका लागि ह्युमिनिटी फाउन्डेसन नेपालको ७० लाख र सरकारको २६ लाखमा किनिएको पीसीआर मेसिन डडेल्धुराका लागि पठाउने क्रममा अत्तरिया आईपुगको हो । सो मेसिन ट्रक मार्फत आएको थियो ।
फाउन्डेसनले सुदूरपश्चिम तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, बुद्धिजीवी लगायतका दाताहरुबाट संकलन गरिएको रकममा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले सहजीकरण एवंम समन्वयमा पीसीआर मेसिन खरिद गरी सुदुरपश्चिम पठाईएको हो । आईतवार अत्तरियामा मेसिन हस्तान्तरणको कार्यक्रम पनि राखिएको छ । पीसीआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिनेछ । अस्पतालले नै मेसिनको जडान तथा सञ्चालन गर्नेछ ।
यसैबीच डडेल्धुरा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिशचन्द्र विष्टले हस्तान्तरण गर्ने पीसीआर मेसिन जडान गरी कोरोना परीक्षण गर्ने तयारीमा वसेको जानकारी दिए । विष्टले तत्कालका अस्पतालमा भएको संचरनामै सञ्चालनमा ल्याउने तयारी भईरहेकोले डडेल्धुरा पुगेको एक हप्ताभित्र मेसिन जडानको काम सकेर परीक्षण थालिने बताए ।
उनले अहिले अस्पतालमा उपलब्ध जनशक्तीबाट प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन गरिने भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग थप जनशक्ती माग गरिएको बताए ।