औषधी थोक व्यवसायी संघको प्रदेश समिति चयन
2022/04/02, 4:33
 
aa

नेपाल औषधी थोक व्यवसायी संघको प्रदेश समिति चयन भएको छ । धनगढीमा भएको प्रथम साधारण सभा तथा अधिवेशनले आनन्द शाहको अध्यक्षतामा सुदुरपश्चिम समिति चयन गरेको हो । 

1

2

2

प्रदेश समितिको प्रथम उपाध्यक्षमा मानवहादुर केसी, द्धितीय उपाध्यक्षमा शंकर सिंह भण्डारी, महासचिवमा कमलप्रसाद उपाध्याय सचिवमा डण्डराज खनाल र कोषाध्यक्षमा दिपेन्द्रवहादुर खड्का चयन भएका छन् । त्यसैगरी प्रदेश समितिको सदस्यमा नरेश चौधरी, तुल्सी शर्मा, युवराज बम, मेगेन्द्र बोहोरा र प्रदीप श्रेष्ठ निर्वाचित भएका छन् । 

1

1

यसअघि प्रथम साधारण सभा तथा अधिवेशनको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले उद्घाटन गरेका थिए । नेपाल औषधी थोक व्यवसायी संघका केन्द्रिय अध्यक्ष शिवराज बास्कोटा विशिष्ठ अतिथि रहेका थिए ।