गोदावरी नगरपालिका अत्तरियास्थित पद्मा अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि तोडफोड गरिएको अस्पतालले सेवा सुचारु गरेको छ ।
गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्यु भएपछि आफन्त र स्थानीयले अस्पताल भवन, एम्बुलेन्स, निजी सवारीसाधन लगायत अस्पताल भित्र समेत तोडफोड गरेको अस्पतालका प्रमुख डाक्टर नरबहादुर मौनीले बताए ।
तोडफोडका कारण करिब ८० लाख रुपैयाँको क्षति भएको बताउँदै प्रमुख डाक्टर मौनीले उपचारमा संलग्न कसैलेपनी लापरबाही नगरेको बताए । मृतकका परिवार र अस्पताल बिच सहमति पछि सेवा सुरु भएको हो । अस्पतालले मृतकका आफन्तलाई १५ लाख रुपैयाँको चेक दिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
सहमतिपछि शव सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टम पछि आफन्तले बुझेर शनिवार साँझनै गोदावरी स्थित आर्यघाटमा दाहसंस्कार गरिएको आफन्तले बताएका छन् ।