
कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्।

प्रहरीका अनुसार शनिबार जिल्लाको गौरीगंगा नगरपालिका-४ राजीपुरमा सुपप्र ०१ ००९ प ७५२० नम्बरको मोटरसाइकलले सोही ठाउँका ३ वर्षीय विवेक सापकोटालाई ठक्कर दिएको हो।
मोटरसाइकलको ठक्करबाट घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

चालक गौरीगंगा- ५ का २४ वर्षीय सिदन रावललाई मोटरसाइकलसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/08, 8:11
2021/07/12, 5:44
2023/04/20, 12:06