धनगढीमा रहेको सारथी अस्पतालकोे सिफारिसमा मुटुका विरामीहरुको निशुल्क शल्यक्रिया भईरहेको छ । काठमाण्डौंको बाँसबारीमा रहेको मनमोहन कार्डियो भाष्कुलर सेन्टर थेरापीमा वडाको सिफारिसका साथमा धनगढीको सारथी अस्पतालको सिफारिस भएमा निशुल्क शल्यक्रिया हुदैं आएको हो ।
मुटुको भल्भ फेर्नुपर्ने विरामीहरुको डाक्टर भगवान कोईरालाको पहलमा निशुल्क शल्यक्रिया भईरहेको र यसबाट सुदुरपश्चिम क्षेत्रका मुटुरोगीहरु लाभान्विन भईरहेको सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशीले बताए । उनका अनुसार जन्मेदेखि १५ बर्षसम्मका विरामीहरुको निशुल्क शल्यक्रिया हुनुका साथै अति गरीब भएको प्रमाण भएमा त्यसमा आतेजाते भाडा पनि पाउने व्यवस्था रहेको छ । १६ देखि ४० बर्षसम्मका विरामीहरुको शल्इक्रिया पनि निशुल्क भए पनि रगतको विसिआर गर्नका लागि लाग्ने शुल्क जुन रकम ५० देखि ७० हजार सम्म लाग्ने गर्दछ, त्यो मात्रै तिर्नुपर्छ । ५० बर्षदेखि माथिका लागि सबै निशुल्क रहेको छ ।
सारथी अस्पतालले लायन्स क्लब अफ सारथीको सहकार्यमा मुटु शिविर सञ्चालन भएपछि यहाँका विरामीहरुलाई राहत दिन थालिएको हो । गत मंसीरदेखि सुरु भएको सेवा अन्तर्गत हालसम्म १०५ जनाको निशुल्क शल्यक्रिया गरिएको सारथी अस्पतालका अध्यक्ष जोशीले बताए । उनले मुटुरोगीहरुलाई अस्प्तालमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।
विरामीहरुलाई राहत होस भन्नका लागि सेवा थालिएको बताउँदै उनले धनगढीको अस्पताल लाईनमा रहेको अस्पतालमै आएर वा आफ्नो मोबाईल नम्बर ९८५८४२४००९ मा सम्पर्क गरी सेवाको लाथ उठाउन मुटुरोगीहरुलाई आग्रह समेत गरेका छन् ।