
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ।

मंगलबार अत्तरियामै कार्यरत प्रहरी हवल्दार खडकबहादुर ऐर र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान हेमराज जोशीलाई कार्यालयले सम्मान गरेको हो।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक प्रविण धितालले २०७८ साल माघ र फागुन महिनाको ट्राफिक पुलिस अफ द मन्थ अवार्ड र नगद पुरस्कारसहित दुवै जनालाई सम्मान गरेका हुन्।

प्रदेश कार्यालय अत्तरिया तथा मातहतका कार्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्ने ट्राफिक प्रहरी कर्मचारीहरुमध्ये उनीहरु दुई जनालाई सम्मान गरिएको हो।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/30, 12:28
2021/06/30, 2:09
2022/03/05, 12:13
2022/10/01, 2:07