कैलालीमा अटो र मोटसाइकल ठोक्किँदा ४ जना घाइते
2022/04/06, 11:15
 
dd

कैलालीमा अटो र मोटसाइकल ठोक्किँदा ४ जना घाइते भएका छन्। जिल्लाको घोडाघोडी नगरपालिका(१ सुखडस्थित पेट्रोल पम्प नजिक पूर्वबाट पश्चिमतर्फ गइरहेको से१ह २३१७ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको लु७२प ६२६० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले बताएको छ।

मंगलबार राति भएको दुर्घटनामा अटो चालक बर्दगोरिया गाउँपालिका(१ बहुनियाका २७ वर्षीय पदम रोकाया, मोटरसाइकल चालक गौरीगंगा नगरपालिका(९ का २५ वर्षीय इन्द्रबहादुर चौधरी, सोही ठाउँकी १९ वर्षीया रेनू परियार र कञ्चनपुरको महाकाली नगरपालिकाका २४ वर्षीय विनोद दमाई घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

मोटरसाइकल चालक चौधरीलाई उपचारका लागि कोहलपुर लगिएको र बाँकी सबैको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।