कैलालीको जानकी गाउँपालिकामा एक जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि
2020/06/21, 12:00
 
corona

कैलालीमा पनि एकजना स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमण पुष्टि भएको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ८ मा रहेको पथरिया स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीया स्वास्थ्यकर्मीलाई कोरोना देखिएको हो ।

उनी महिला हुन्। जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महत्तोले धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको बताईन् । अहिले उनलाई टीकापुर अस्पतालको आईसोलेसनमा राखिएको छ।

उनी भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरुको आरडिटी तथा तापक्रम परीक्षणमा खटिएकी थिईन् ।