कैलालीमा थ्रेसरमा परेर एक पुरुषको मृत्यु
2022/04/08, 5:53
 
dd

कैलालीमा थ्रेसरमा परेर एक जनाको मृत्यु भएको छ। कैलालीको मोहोन्याल गाउँपालिका वडा नम्बर ७ एमपी बजारका ४८ वर्षीय बमबहादुर माझीको मृत्यु भएको हो। 

उनी थ्रेसरमा खुट्टा बेरिएर चोटपटक लागि घाइते भएका थिए। उनको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।