
कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन दासको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बम बोहरा रहेका छन् । उनीहरू चारै जना १९ वर्षीय हुन् ।

भारतमा लुकिछिपी बसेका उनीहरूलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई रुपन्देहीको बेलहिया सिमानाकाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । काम खोज्न भैरहवा आएका उनीहरूलाई प्रहरीले सिमानाबाट पक्राउ गरेको हो ।
अर्जुन गत पुस पहिलो साता घाँटी छिनालेर रुखमा बाँधिएको अवस्थामा स्थानीय अमरावती सामुदायिक वनमा मृत फेला परेका थिए । घटनाको झन्डै चार महिनापछि प्रहरीले भारतबाट आरोपीहरूलाई पक्राउ गरेको हो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37