२०६२/०६३ सालको जनआन्दोलनको भिडले तोडफोड गरेको पुर्व-पश्चिम राजमार्गको अत्तरियामा रहेको स्व. राजा महेन्द्रको सालिक पुन:स्थापना गरिएको छ ।
सालिकको आज एक कार्यक्रमका बीच श्री लोमस गिरि महाराजले अनावरण गरेका छन । सालिक अनावरण अघि बाजागाजा सहितको र्यालीले नगर परिक्रमा गरेका थिए म तत्कालीन राजा स्व. बिरेन्द्र वीर बिक्रम शाहले २०४३ साल फागुन ७ गते राजा महेन्द्रको सालिकको अनावरण गरेका थिए ।
झण्डै डेढ दशकपछि त्यही ठाउँमा उनै राजा महेन्द्रको सालिक पुनःस्थापना गर्न सबै राजनीतिक दल आबद्ध युवा, स्थानीय कार्यकर्ताहरू एकबद्ध भएर जुटेका थिए ।
कांगेस कैलालीबाट पूर्व महाधिवेशन प्रतिनिधिसमेत रहेका व्यवसायी युवा हरि भट्टराईको नेतृत्वमा रहेको युवाहरुको टिमले सालिक पुनःस्थापनाका लागि समिती बनाएर काम थालेका थिए । २१ सदस्यीय सालिक पुनर्निर्माण समितिमा एमाले, राप्रपा, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितका आस्थावान कार्यकर्ताहरु रहेका छन ।