विवादस्पद फैसला गर्ने अछामका न्यायाधीश तानिए
2022/04/18, 3:37
 
dad

बलात्कारसम्बन्धी मुद्दामा विवादस्पद फैसला सुनाउने अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशी तानिएका छन् । एक जना पीडित महिलामाथि नै साढे तीन बर्षको जेल सजाय सुनाएका जोशीलाई हिजो न्याय परिषदको बैठकलगत्तै तानिएको हो । 

गत फागुनमा अछामको एउटा दुर्गम गाउँकी किशोरीलाई भारतमा काम गर्ने युवकले विवाहको प्रलोभन देखाएर शारीरिक सम्बन्ध राखेका थिए । बिहे गरेर उतै लैजाने र सुःखसयलको जिन्दगी बिताउने आश्वासनमा पग्लेकी ती किशोरीले आफूलाई युवकसामु समर्पण गरिन् ।

पहिले नै चिनजान भएको र प्रेम गर्ने केटाप्रति उनले कुनै शंका गरिनन् । तर, असली चरित्र त्यतिबेला खुल्यो जब किशोरीलाई राति जंगलमा लगेर जबर्जस्ती शारीरिक सम्बन्ध राखेपछि उसले छाडेर हिँड्यो ।

त्यसपछि ती किशोरी न्यायका लागि अदालतको ढोका ढक्ढकाउन पुगिन् । तर, अदालतले सहमति मै यौन सम्बध राखेर अहिले झुठो मुद्दा दिएको भन्दै उल्टै पीडित युवतीलाई साढे तीन वर्षको सजाय सुनाएको थियो भने युवकलाई सफाई दिएको थियो ।