कर्णाली नदीमा अछामका दुई बालक बेपत्ता, एकको शव भेटियो, अर्काको खोजी हुँदै
2022/04/19, 11:06

कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अछामका एक बालकको शव फेला परेको छ।

जिल्लाको पन्चदेवल विनायक नगरपालिका-८ का गोपाल जैशीका ६ वर्षीय छोरा अभिषेक जैशीको शव फेला परेको प्रहरीले बताएको छ।
त्यस्तै, सोही ठाउँका रामप्रसाद जैशीका ११ वर्षीय छोरा विराज जैशी पनि नदीमा बेपत्ता भएका छन्। सोमबार अभिषेक र विराज नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए।

अभिषेकको शव फेला परिसकेको र विराजको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/29, 3:44
2020/07/06, 7:35
2020/11/19, 11:17
2023/02/13, 2:03