बैतडीका ३ पालिकामा गठबन्धन, ७ मा ‘मित्रवद प्रतिस्पर्धा’ 
2022/04/19, 4:20
 
dd

आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्नेबारे बैतडीका सत्ता गठन्धन दलबीच सम्झौता भइसकेको छ। जस अनुसार ३ ओटा स्थानीय तहमा चुनावी तालमेल गर्ने र अन्य ७ पालिमा  ‘मित्रवद प्रतिस्पर्धा’ निर्णय  भएको थियो। 

आइतबार बसेको गठन्धनको बैठक अनुसार सत्तासाझेदार दलहरुले तीन पालिकामा चुनावी  गठबन्धन गर्ने निर्णय गरेका  थिए।  जिल्लाको  डिलाशैनी  गाउँपालिका,  दोगडाकेदार  गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा  चुनावी  तालमेल गर्ने  निर्णय भएको हो। 

पञ्चेश्वरमा कांग्रेसलाई  अध्यक्ष, समाजवादीलाई   उपाध्यक्ष,  दोगडाकेदार गाउँपालिकामा   काँग्रेसलाई अध्यक्ष, माओवादीलाई  उपाध्यक्ष र डिलाशैनी  गाउँपालिकामा माओवादीलाई  अध्यक्ष तथा काँग्रेसलाई  उपाध्यक्ष दिने  निर्णय भएको थियो। 

यस्तै अन्य सात पालिकामा मित्रवद प्रतिस्पर्धा गर्ने निर्णय भएको नेपाली काँग्रेस बैतडीका सभापति चतुर बहादुर चन्दले जानकारी दिए। बैठकमा सहभागी नेताहरुबीच ७ पालिकाबारे कुरा नमिनेपछि गठबन्धन नभएको एक नेताले बताए।