कञ्चनपुरको दक्षिणी वैवाह सीमा क्षेत्रमा फेरि भारतले हस्तक्षेप गर्न थालेको छ। पटक पटक नेपाली भूमिमाथि हस्तक्षेप गर्दै आएको भारतीय पक्षले केही दिनयता फेरि हस्तक्षेप थालेको हो।
जिल्लाको बेलडाँडी गाँउपालिका ३ वैवाहका किसान मानसिंह नेपालीले आफ्नै जमिनमा तारबार लगाउँदा भारतीय पक्षबाट अवरोध भएको बताइएको छ। नेपाल–भारत सीमा पिलर ७८५ क्षेत्रमा पर्ने मानसिंहको जमिनमा तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको हो। उक्त क्षेत्रमा यसअघि पनि भारतीय अवरोध हुदै आएको थियो।
यस्तै बेलडाँडी ३ का वडाध्यक्ष दुर्गा चौधरीले उक्त जमिन वषौँदेखि नेपाली नागरिकले उपभोग गर्दै आएकोमा अहिले तारबार गर्दा भारतीय पक्षले तारबार उखेलिदिएको बताए। यस विषयमा कञ्चनपुर प्रशासनसंग छलफल गरिने चौधरीले बताए। भारतीय अवरोध बढ्दै गएपछि सो क्षेत्रका स्थानीय आन्दोलित भएका छन्। सरकारले सीमा अतिक्रमण रोक्न पहल गर्नुपर्ने उनीहरुको माग छ।