भुमीहीनहरुलाई लालपुर्जा दिन सक्ने भनेकै काग्रेंस होः अध्यक्ष उपाध्याय
2022/04/21, 10:45
 
ss

राष्ट्रिय भूमी आयोग कैलालीका अध्यक्ष यज्ञ उपाध्यायले भुमीहीनहरुलाई लालपुर्जा दिन सक्ने भनेकै काग्रेंस पार्टी रहेको बताएका छन् । नेपाली कांग्रेस गोदावरी नगर कार्यसमितिले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले बैशाख ३० को निर्वाचनबाट स्थानीय सरकारमा कांग्रेस नेतृत्वमा आए लालपुर्जा वितरण गर्न सहज हुने बताए ।  भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासिले लालपुर्जा पाउन सबैभन्दा पहिले स्थानीय तहमा कांग्रेसले जित्नुपर्ने बताएका छन ।

‘लालपुर्जा प्राप्त गर्नका लागि सबैभन्दा पहिले स्थानीय तहमा नेपाली कांग्रेसको सरकार हुनुपर्छ’ उनले भने ‘लालपुर्जा संग जोडिएको स्थानीय सरकार हो । स्थानीय तहसंग समन्वय नगरीकन हामीले कुनै पनि किसिमका काम गर्न सक्दैनौ । आयोगले काम गर्नका निमिक्त सबै स्थानीय तहमा कांग्र्रेसको सरकार हुनुपर्छ ।’

उनले स्थानीय तहमा नेपाली कांग्रेसको सरकार भएका चाडै लालपुर्जा पाइने दाबी गरे । आयोगले स्थानीय सरकारले तोकेको ठाँउबाट लालपुर्जा वितरण गर्ने भएकाले त्यसका लागि स्थानीय सरकारको महत्तपूर्ण भूमिका हुने उनले बताए । उनले गोदावरी नगरपालिकाका २ वडामा हाल नापीको काम जारी रहेको बताए । उनले कांग्रेसको स्थानीय सरकार भएको धनगढी उपमहानगरपालिका लालपुर्जा वितरण सुरु भएको बताए । उनले कैलालीमा आफू नेतृत्वमा आएको १९ दिनमा ५ पालिकामा जग्गा नापीको काम सुरु गरिएको वताए ।