
सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी पुरुषोत्तम कँडेलको सरुवा गरिएको छ। गृह मन्त्रालयले ९ जना डीआईजीको सरुवा तथा पदस्थापन गर्दै ४ प्रदेशका प्रदेश प्रहरी प्रमुखहरु फेरेको हो।

मन्त्रालयले सुदूपश्चिममा मोहनकुमार आचार्यलाई पठाएको छ भने डीआईजी पुरुषोत्तम कँडेललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाएको छ। सरुवा सूची अनुसार सुदूपश्चिमसहित, लुम्बिनी, मधेश र बागमती प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्।
मन्त्रालयले बागमतीमा डीआईजी पूजा सिंह, लुम्बिनीमा नलप्रसाद उपाध्याय र मधेशमा मसाउद आलम खाँलाई पठाएको छ। राजेन्द्रप्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ। प्रदेश २ का उमेश रञ्जितकार, बागमतीका प्रकाशजंग कार्की र लुम्बिनीका मुकुन्द आचार्य प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएका छन्।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 8:09
2020/12/05, 9:10
2021/03/31, 8:06
2021/10/21, 9:31
2022/09/19, 11:08