धनगढीमा आईतवार १८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज थप १८ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
उनका अनुसार आज धनगढीका तीन महिला र १५ पुरुषमा कोरोना पुष्टि भएको हो। २०, २१ र ३३ बर्षीय महिला, २४, २१, ४०, २८, ३९, १९, २२, ४६, ३८, ३६, ४८, १६, ३३, २४ र ४४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको उनले बताए।
९ जना संक्रमित वडा नम्बर ९ मा क्वारेन्टिनमा बसिरहेका भएपनि अन्यको वडा खुलेको छैन्।
सुदूरपश्चिममा थप ४३ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रयोगशालामा गरिएको नमुना परिक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९९१ जना पुगेको छ ।
थपिएका मध्ये सबैभन्दा बढि कैलालीका २९ जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । यस्तै डोटीका पाँच जना, कञ्चनपुरका तीन जना बाजुरा, डडेल्धुरा र बैतडीका दुई÷दुई जना रहेका छन्।