अछाममा ४७५ पदमा १५०२ जनाको उम्मेदवारी
2022/04/26, 2:16
 
ss

अछाममा ४७५ पदमा १ हजार ५०२ जनाले उम्मेदवारी दिएका छन्। जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार अहिलेसम्म जिल्लाका १० वटा पालिकामा ४७५ पदका लागि १ हजार ५०२ जनाको उम्मेदवारी आधिकारिक रुपमा ईन्ट्री भएको हो।

१० वटै पालिकाबाट प्राप्त उम्मेदवारी दर्ता फाईल जिल्लामा ईन्ट्री गर्ने कार्य जारी रहेकाले यो संख्या अझै बढनसक्ने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गजेन्द्रप्रकाश थारुले बताए।

उनले कमलबजार नगरपालिकामा १६७, चौरपाटी गाउँपालिकामा ११३, ढकारीमा १३७, तुर्माखाँदमा १४३, पञ्चदेवल विनायक नगरपालिकामा १९३ र बान्नीगढी जयगढ गाउँपालिकामा १०६ जनाको उम्मेदवारी दर्ता भएको बताए।

त्यसैगरी मंगलसेन नगरपालिकामा १९२, मेल्लेख गाउँपालिकामा १६१, रामारोशनमा १११ र साँफेबगर नगरपालिकामा १७९ जनाको उम्मेदवारी दर्ता भएको सूचना अधिकारी थारुले बताए।