बैतडीमा ४४० पदमा १४ सय बढीको उम्मेदवारी 
2022/04/26, 2:20
 
ss

बैतडीमा ४४० पदमा १४ सय बढीले उम्मेदवारी दिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार ४४० पदका लागि १४ सय ४२ जनाको उम्मेदवारी दर्ता भएको हो। 

जिल्लाको दशरथचन्द नगरपालिकामा २२७, मेलौलीमा १९३, पुर्चौंडीमा १७६ र पाटन नगरपालिकामा १६१ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ।

यस्तै सुर्नया गाउँपालिकामा १४९, सिगासमा १८१ जना, दोगडाकेदारमा १२५, शिवनाथमा ९२, पञ्चेश्वरमा ७९ र डिलाशैनी गाउँपालिकामा ५९ जनाको उम्मेदवारी दर्ता भएको छ।