सुदूरपश्चिमका थप ७६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा ४३ जना र राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरी ७६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या १०२४ पुगेको छ ।
अहिलेसम्म सबैभन्दा बढी कैलालीका दुई सय ६१ जना पुगेका छन् । धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा २९ जना राष्टिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना गरी ३२ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै डडेल्धुरामा एक सय ८६, बैतडीमा एक सय ४२, डोटीमा एक सय ५४, कञ्चनपुरमा एक सय, अछामका ७६, बाजुराका ७२, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ३४ जना निको भएर घर फर्किसकेका छन ।
अहिलेसम्म सबैभन्दा बढी कैलालीका दुई सय ६१, डडेल्धुरामा एक सय ८६, बैतडीमा एक सय ४२, डोटीमा एक सय ५४, कञ्चनपुरमा एक सय, अछामका ७६, बाजुराका ७२, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ३४ जना निको भएर घर फर्किसकेका छन् ।