
बैतडीमा ट्र्याक्टर दुर्घटना भएको छ। प्रहरीका अनुसार जिल्लाको पाटन नगरपालिका-८ राङ्गाजुजौना भन्ने ठाउँमा बिहीबार राति लु ४ त २६२२ नम्बरको ट्र्याक्टर दुर्घटना भएका हो।

दुर्घटनामा ट्र्याक्टर चालक ओखलढुङ्गाका अन्दाजी २१ वर्षीय सुरज थापा घाइते भएका प्रहरीले बताएको छ।
उनी सामान्य घाइते रहेको र उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। ट्र्याक्टरमा चालक थापा मात्रै रहेको बताइएको छ।
