कैलाली अस्पतालमा न्युरो सर्जरी सम्बन्धि स्वास्थ्य उपचार सेवा सुचारु
2022/04/29, 12:22
 
ss

लामो समय देखी सेवा दिदै आइरहेको कैलाली अस्पतालले थप सेवा विस्तार गरेको छ । सेवा विस्तार गर्ने क्रममा न्युरो सर्जरी सम्बन्धि स्वास्थ्य उपचार सेवा सुचारु भएको छ । अस्पतालले पत्रकार सम्बेलनको आयोजना गर्दै न्युरो सर्जरी सम्बन्धि स्वास्थ्य उपचार सेवा सुचारु भएको जानकारी दिएको छ ।

अस्पतालका प्रबन्धक निर्देशक जनक राज जोशीका अनुसार सर्जरी सम्बन्धी, महिला तथा स्त्री रोग सम्बन्धी, मुटु रोग,छाला तथा मानसिक रोग, आइसियु, एन आइसियु लगायतका सेवा दिइरहेको अवस्थामा यसबर्ष देखी न्युरो सर्जरी सेवा सुचारु गरिएको बताए । धनगढीमा केही अस्पतालमा सामान्य रुपमा न्युरो सर्जरी सम्बन्धि उपचार सेवा भएता पनि कैलाली अस्पतालले बार्षिक क्यालेण्डर अनुसार नै यो सेवा सुचारु गरीने बताए ।

बिरामीलाई उपचार सेवा दिन र थप स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उदेश्यसहित न्युरो सर्जरीको अप्रेसनका लागी चाहीने उपकरण तथा जनशक्ति सहित सुचारु गरिएको बताए । प्रबन्धक निर्देशक जोशीका अनुसार मस्तिष्क, मेरुदण्ड, नशारोग बिशेषज्ञ डाक्टर बिकेश खम्बुले उपचार सेवा प्रदान गर्ने बताए ।

ओपीडी सेवा पनी सूचारु भैसकेकोले बताए । नेपालमा १५ बर्ष देखी न्युरो लोजी, न्युरो सर्जरी सम्बन्धी उपचार सेवा सुचारु भएको बताउँदै कैलाली अस्पतालमा मस्तिष्क, मेरुदण्ड, नशारोगका बिरामीलाई उपचार सेवा सहज हुने बताए । न्युरो सर्जरीमा टाउको सम्बन्धि, हातगोडा नचल्ने, मेरुदण्डमा चोट लागेको, टाउकोमा चोट लागेको, ट्युमर लगायतका बिरामीलाई कैलाली अस्पतालबाटै सेवा प्रदान गरीने बताए ।

सुदुरपश्चिम प्रदेशका न्युरो सर्जरी सम्बन्धीका बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न पाउँदा आफुलाई खुसी लागेको महशुस भएको बिकेश खम्बुले बताए । साथै उनले आर्थीक अवस्था कमजोर भएका बिरामीलाई केही सहुलियतदरमा उपचार गरिने बताए ।